पार्टी सभापति र संसदीय दलका नेता देउवाले दुवै पदबाट राजीनामा दिनुपर्छ : घिमिरे
काठमाडौँ। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति र संसदीय दलको नेता शेरबहादुर देउवाले दुवै पदबाट राजीनामा दिनु पर्ने बताएका छन्। सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै नेता घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउने पनि उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ। हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।’
ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।
— Gururaj Ghimire (@ghimire_gururaj) December 25, 2022







डिसी नेपाल








Facebook Comment