माओ त्से तुङको जन्मदिनमा माओवादी अध्यक्षको सत्तारोहण

डिसी नेपाल
११ पुष २०७९ १३:०३
128
Shares

काठमाडौं। नेपालको राजनीतिक समीकरणमा हिजो आइतबार नाटकीय परिवर्तन आएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन्। १६७ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

माओवादी अध्यक्ष प्रचण्डको सत्तारोहणका दिन निकै महत्वपूर्ण संयोग परेको छ। प्रचण्डले आज सोमबार अर्थात डिसेम्बर २६ का दिन सत्तारोहण गर्दैछन् जुन दिन उनले राजनैतिक आदर्श मान्ने चिनियाँ कम्युनिष्ट नेता माओ त्से तुङको जन्मदिन हो।

माओ १८९३ को डिसेम्बर २६ मा जन्मिएका थिए। उनैको नेतृत्वमा वर्तमान जनवादी गणतन्त्र चीनको राजनैतिक व्यवस्था स्थापित भएको थियो।

प्रचण्डका राजनैतिक आदर्श माओ त्से तुङ हुन्  उनकै राजनैतिक दर्शनबाट प्रभावित भएर नेपालमा माओवादीको स्थापना भएको हो।

नामबाटै पनि बुझ्न सकिन्छ कि माओवादी पार्टी माओकै राजनैतिक दर्शनको अनुयायी पार्टी हो। माओको जन्मदिनको अवसरमा प्रचण्डले आज ट्वीटरमार्फत शुभकामना पनि दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.