सत्ता परिवर्तन भएसँगै सेयर बजारमा हरियाली

डिसी नेपाल
११ पुष २०७९ १५:१३
100
Shares

काठमाडौँ। सत्ता परिवर्तन भएसँगै सेयर बजारमा हरियाली छाएको छ। सत्तामा माओबादीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) प्रधान मन्त्री भएसँगै सेयर बजार ५६.८६ अंकले बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३८ अङ्कले बढेर ३७५.४४ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५० कम्पनीको ५६ लाख ५३ हजार ०५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसंचार कम्पनी अग्रिम स्थानमा छ। यसको आज २० करोड ८८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा नबिल बैंकको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटा उपसुचकमा अन्य उपसुचकबाहेक बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा गोर्खाज फाइनान्स र धौलागिरी लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, नेपाल दूरसंचार कम्पनी र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.