तीन उपप्रधानमन्त्रीसहित ७ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।
३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीलाई सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी छन् ।
उपप्रधानमन्त्री तथा अर्थमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् ।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment