संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिन्छ– अर्थमन्त्री पौडेल

डिसी नेपाल
११ पुष २०७९ १८:४५
36
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताएका छन् ।

सोमबार सिंहदरबार पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले अर्थतन्त्र संकटका राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणहरु पत्ता लगाउन विज्ञसँग छलफल गरेर आवश्यक काम गर्ने बताए । उहाले अर्थतन्त्रमा देखिएका चुनौती काबुबाहिर नभएको समेत बताए । संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि धेरै ठूलो मेहनत गर्नुपर्ने र आफ्नै र दुनियाँका अनुभवबाट पाठ सिकेर काम गर्ने उनको भनाई छ ।

पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.