त्यसपछि वर्षमान मन्त्री बनेनन्

डिसी नेपाल
१२ पुष २०७९ १०:२८
2.5k
Shares

काठमाडौं। एमाले-माओवादी गठबन्धका सुत्राधार मानिएका वर्षमान पुन सोमबार विहानसम्म मन्त्रीको सपथ लिने तयारीमा थिए।
पुनलाई गृहमन्त्री बनाउन बालकोटमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको थियो।

पुनप्रति ओली उदार देखिएका थिए। एमाले र माओवादीबीच सहकार्य गर्न पुनले विषेश भूमिका निर्वाह गरेका थिए। त्यसैले गृहमन्त्री वर्षमान पुनलाई बनाउन ओली सकारात्मक थिए।

बालकोटमा पुनलाई गृहमन्त्री बनाउने सहमति भएपछि सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई गृहमन्त्रालय नदिए सरकारलाई समर्थन नगर्ने चेतावनी प्रधानमन्त्री प्रचण्डलाई दिए।

स्रोतका अनुसार लामिछानेले सोमबार विहानै प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर आफूलाई गृहमन्त्रालय नदिए सरकारमा सहभागी नहुने र सरकारलाई समर्थन पनि गर्न नसकिने अडान राखेपछि प्रचण्ड लामिछानेलाई गृहमन्त्रालय दिन तयार भएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले अडान राखेकै कारण वर्षमान पुन गृहमन्त्री बन्नबाट वञ्चित भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.