सुनको मूल्य बढ्यो, चाँदी स्थिर

डिसी नेपाल
१२ पुष २०७९ १०:४३
332
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ७ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। आज पनि चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.