दुई जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति
काठमाडौँ। दुई जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा मकर जितुमाया सुरी हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावर रहेका छन्।
बोर्डले मंगलबार नै यी दुई कम्पनीहरूलाई सेयर निष्काशनका लागि स्वीकृति दिएको हो। यी कम्पनीहरूले १ अर्व ६ करोड ११ लाख २५ हजार रुपैयाँ मूल्य बराबरका १ करोड ६ लाख ११ हजार २५० कित्ता सेयर निष्काशन गर्न पाउने छन्।
मकर जितुमाया सुरी हाइड्रोपावरले ३० प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले २२ करोड ८० लाख रुपैयाँबराबरको ३४ करोड बराबरको २२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने भएको हो। यो आईपीओमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले गर्नेछ।
यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरले २५ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको ८३ लाख ३१ हजार २५० कित्ता आइपिओ जारी गर्ने भएको हो।यस आईपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने छ।







डिसी नेपाल







Facebook Comment