सत्ता गठबन्धनमा सहभागी हुन माधव नेपाललाई बामदेवको सुझाव

डिसी नेपाल
१२ पुष २०७९ १८:३०
616
Shares

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टी एकताका लागि अभियान बनाएका बामदेव गौतमले वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सुझाव दिएका छन् ।

मंगलबार समाजवादी पार्टी कार्यालय तीनकुनेमा नेपालसंग छलफल गर्दै नेता गौतमले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि अहिलेको सरकारमा सहभागी हुन अध्यक्ष नेपाललाई सुझाव दिएका छन् ।

छलफलपछि गौतमले माओवादीले एमालेसंग मिलेर सरकार बनाएको अवस्थामा नेकपा समाजवादी सरकारमा सहभागी हुनुपर्ने र सहभागी हुन नसके गम्भीर भूल हुने जिकिर गरे । प्रचण्डले समाजवादीसंग सम्मानजनक छलफल नगरि एक्लै एमालेसंग मिल्न जानु आलोचनाको बिषय भएको गौतमको भनाई छ ।

प्रचण्डले नेपाललाई बोलाएर सरकारमा लैजानुपर्ने जिकिर उनले गरे । गौतमले नेपाल कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउनका लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुने निष्कर्ष निकालिएको जानकारी दिए । छलफलका क्रममा अध्यक्ष नेपालले विकसित घटनाक्रमका विषयमा पार्टीमा छलफल भइरहेको र आवश्यक निष्कर्ष निकालिने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.