तीन बैंकसहित ५ कम्पनीको सेयरमा मूल्य समायोजना, कुनको कति ?

डिसी नेपाल
१३ पुष २०७९ ९:१९
140
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन बैंकसहित ५ कम्पनीको सेयरमा मूल्य समायोजना भएको छ। सेयर मूल्य समायोजन हुनेमा सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन्।

सिद्धार्थ बैंकको १२.५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३ सय १ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ३ सय ३९ रुपैयाँमा भएको थियो।

नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ८७ रुपैयाँ ७७ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार २ सय ९६ रुपैयाँ ४० पैसामा भएको थियो।

लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३ सय ३६ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ३ सय ४७ रुपैयाँमा भएको थियो।

राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ २ सय ११ रुपैयाँ ९३ पैसा निर्धारण गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार २ सय २२ रुपैयाँमा भएको थियो।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६५ रुपैयाँ ७१ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ३ सय ८४ रुपैयाँमा भएको थियो।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.