बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकै दिन ८ अर्बले बढ्यो
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ८ अर्बले बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार ११ पौषसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५२ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको छ। १० पौषसम्म बैंकहरूको निक्षेप ५२ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो।
यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ८ अर्बले बढेर ५२ खर्ब ७६ अर्ब पुगेको छ। १० पौषसम्म वाणिज्य बैंकहरूको निक्षेप ४६ खर्ब ४३ अर्ब रहेको थियो। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी पनि बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी १ अर्बले बढेर ४७ खर्ब ६१ अर्ब पुगेको छ। १० पौषसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो। वाणिज्य बैंकहरूको कर्जा लगानी २ अर्बले बढेर ४२ खर्ब १६ अर्ब रुपैयाँ छ।
बैंकहरूको सिडी रेसियो पनि बढेको छ। बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.०८ प्रतिशतबाट बढेर ८६.२८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment