सुपरमाई हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम मौका

डिसी नेपाल
१३ पुष २०७९ १०:३९
604
Shares

काठमाडौँ। सुपरमाई हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यस आइपिओमा आयोजना प्रभावित स्थानीयहरुले आबेदन दिन पाउने छन्।

कम्पनीले गत मंसिर २१ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासित ५० हजार कित्ता आईपीओमा भने गत पुस ६ गतेबाट बन्द गरिएको थियो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि ५ लाख कित्ता जारी गरेको थियो। जारी गरेको आइपिओमध्ये (अतिप्रभावित क्षेत्र इलाम जिल्लाका इलाम नगरपालिका (बारबोटे)५, इलाम नगरपालिका (सुङ्बेक) २ र माईजोगमाई–५ सोयोङ्का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्रबाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता छुट्याइएको छ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। यस आइपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

स्थानीयले भने इलामको प्रकाशपथस्थित गुडविल फाइनान्स, इलामको चोकबजारस्थित माछापुच्छ्रे बैंक, इलामको भानुपथस्थित सानिमा बैंक, इलामको सितलीस्थित सानिमा बैंक र इलामको बरबोटस्थित सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.