चार कम्पनीको सेयर मूल्यमा लाग्यो सर्किट, कुनको मूल्य कति पुग्यो ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
बुधबार कारोबारमा सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था र सृजनसिल लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी चार कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।
सेन्ट्रल फाइनान्सको सेयर भाउ २९ रुपैयाँ ३० पैसाले बढेर ३ सय २२ रुपैयाँ ३०० पुगेको छ। यस्तै, प्रभु लाइफ इन्स्योरेन्सको सेयर भाउ ३५ रुपैयाँ ७० पैसाले बढेर ३ सय ९२ रुपैयाँ ७० पैसा, धौलागिरी लघुवित्तको सेयर भाउ ८६ रुपैयाँ ४० पैसाले बढेर ७ सय ५० रुपैयाँ ७० पैसा र सृजनसिल लघुवित्तको सेयर भाउ १ सय ४५ रुपैयाँ ८० पैसाले बढेर १ हजार ६ सय ४ रुपैयाँ ७० पैसा पुगेको छ। मार्केट डेपमा यी चार वटै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।







डिसी नेपाल







Facebook Comment