जसपा संसदीय दलको नेतामा यादव चयन भएपछि अशोक राई असन्तुष्ट

डिसी नेपाल
१३ पुष २०७९ १३:१२
2.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन भएका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेका हुन् । यादवको निर्णयपछि अशोक राई असन्तुष्ट बनेका छन् ।

जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी थिए । तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाएका हुन्। जसपासँग १२ सांसद छन्। तीमध्ये राईको पक्षमा पाँच र सातजना उपेन्द्र यादव पक्षका थिए। राई दलको नेता बनेर सरकारमा पार्टीको नेतृत्व गर्न चाहन्थे । तर अध्यक्ष यादवले उनको चाहना पूरा हुन दिएनन् ।

यो घटनाले जसपामा विवाद देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.