यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
१४ पुष २०७९ ९:४०
72
Shares

काठमाडौँ। ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आरएसडीसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, सेन्ट्रल फाइनान्स, युनाइटेड इन्स्योरेन्स र कालिका पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि आरएसडीसी लघुवित्तले भोलि पुस १५ गते शुक्रबार र बाँकी ५ कम्पनीले पुस १७ गते आइतबार बुक क्लोज गर्ने भएको छ।  यस अनुसार आज सम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।

आरएसडीसी लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २९ गते रुपन्देहीको बुटवलस्थित एसियन होटेलमा बिहान ९ बजे हुने भएको छ।

फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस ३० गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान १० बजे हुने भएको छ।

फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस ३० गते सुनसरीको दुहबीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा दिउँसो १ बजे हुने भएको छ।

सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २९ गते ललितपुरको कुपन्डोलस्थित सेन्ट्रलको केन्द्रीय कार्यालयमामा बिहान १० बजे हुने भएको छ।

युनाइटेड इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २७ गते काठमाडौँको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजे हुने भएको छ।

कालिका पावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २९ गते चितवनको भरतपुरस्थित कम्पनीको रजिस्डर्ड कार्यालयमा बिहान ११ बजे हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.