लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

डिसी नेपाल
१४ पुष २०७९ १०:१८
60
Shares

काठमाडौँ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश दिने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३७ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको कुल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.