तीन बैंकसहित चार कम्पनीको सेयरमा मूल्य समायोजन, कुनको कति ?

डिसी नेपाल
१४ पुष २०७९ १०:४२
52
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। मूल्य समायोजन हुनेमा  नेपाल बैंक, प्राइम कमर्सियल बैंक, मितेरी डेभलपमेन्ट बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी रहेका छन्।

नेपाल बैंकको २ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ २ सय ८० रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ। यस्तै, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय २० रुपैयाँ १  पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ।

यता, मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६४ रुपैयाँ ९३  पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टको ५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ १ सय ७७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.