तरकारी तथा फलफूलकाे मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार बिहिबार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ४५ रुपैयाँ प्रतिकेजी रहेको छ। कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३२० रुपैयाँ रहेको छ।
यता, ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ रहेको छ। यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ। राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९० रुपैयाँ, तिते करेला १०० रुपैयाँ, प्याज सुकेको ५० रुपैयाँ, भिण्डी ९० रूपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनियाँ ५० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment