रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि खुला
काठमाडौँ। नेपाल र जनवादी गणतन्त्र चीनबीचको रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि औपचारिक रुपमा बुधबारदेखि पुनः सुरु भएको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
जनगणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागले बन्दरगाहको उद्घाटन अवलोकन गर्न बुधबार केरुङमा एक औपचारिक समारोहको आयोजना गरेको छ।
त्यस्तै, हिल्सा–पुराङ बन्दरगाह पनि २६ डिसेम्बर २०२२ देखि एकतर्फी व्यापारका लागि खुला गरिएको विज्ञप्तिमा जनाइएको छ। बन्दरगाह सुचारु भएपछि नेपाल र चीनबीचको द्विपक्षीय व्यापारमा वृद्धि हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment