सेयर बजारमा हरियाली, ५६.८८ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
१४ पुष २०७९ १५:३५
44
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.९८ अङ्कले घटेर ३९१.३० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८६ करोड ३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज १२ करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा  दूरसंचार कम्पनी र रिडी पावर कम्पनीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचक  बढेर हरियाली छाएको छ। आजको कारोबारमा हिमालयन उर्जा विकास कम्पनी र सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, नेपाल विकास ऋणपत्र र एनएमबि ५० का लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.