नेप्से ५६.८८ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए मनग्य नाफा

डिसी नेपाल
१४ पुष २०७९ १५:४२
180
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.९८ अङ्कले घटेर ३९१.३० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८६ करोड ३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

आजको कारोबारमा यी कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। हिमालयन उर्जा विकास कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र सिर्जनसिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्स र स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर भाउ ९.९८ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर भाउ ९.८९ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर भाउ ९.७८ प्रतिशतले बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.