केन्द्रीय बैंकले २६ करोड ५८ लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २६ करोड ५८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सूचना निकालेर लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी बैंक तथा वित्तिय संस्थाहरुलाई २० पुस राति १२ बजेभित्र प्रस्ताव गर्न भनेको छ ।
यसैगरी, सबैभन्दा धेरै ‘क’ वर्गका वाणिज्य बैंकमा २१ करोड २६ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड ९९ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड ३३ लाख मुद्दती निक्षेप लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तिय संस्था सञ्चालनको करिब २ वर्ष पूरा गरेको, पुँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जाभन्दा सापटी कर्जाको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पति स्वदेशी निक्षेप २० प्रतिशत वा सोभन्दा बढी, कर्जा निक्षेप अनुपात, अघिल्लो वर्षको नाफा, रियल स्टेट कर्जाजस्ता अन्य शर्तहरु पूरा भएका बैंकहरुले पाउने राष्ट्र बैंकले जनाएको हो ।
यो मुद्दती निक्षेपको अवधि ३६५ दिनको हुनेछ ।







डिसी नेपाल







Facebook Comment