१ हजार ५७ रुपैयाँ खर्चेर ९ करोडको मालकिन बनिन् महिला, श्रीमानले पत्याएनन्
काठमाडौँ। भनिन्छ भाग्य बदल्न धेरै समय लाग्दैन। एउटी महिलासँग पनि यस्तै भएको छ। उनी बिस्कुट किन्न बजार गएकी थिइन्। तर फर्किएपछि उनी ९ करोडभन्दा बढीको स्वामिनी बनेकी थिइन् । १ हजार ५७ रुपैयाँ मात्र खर्चेर महिला करोडपति बनिन्। घटना अमेरिकाको नर्थ क्यारोलिनाको हो।
द मिररका अनुसार डोना डेन्टन नामकी एक महिला शुक्रबार फ्रिमन्ट फुड मार्टमा बिस्कुट किन्न गएकी थिइन्। तर यहाँ उनको मुड बदलियो र उनले बिस्कुटसँगै ७७७ को लटरी (Triple 777 Lottery) टिकट किन्ने निर्णय गरिन्।
डोनाले ८ डलर (१ हजार ५७ रुपैयाँ) मा लटरी टिकट किनिन्। तर, उनलाई चिठ्ठा जित्छ भन्ने कल्पना थिएन। तर टिकट चेक गर्दा उनी छक्क परिन्। उनले ७ लाख पाउण्ड (९ करोड २५ लाख रुपैयाँ) को ठूलो ज्याकपट जितेकी थिइन्।
उनी हतार हतार घर पुगिन् र श्रीमानलाई फेरि टिकट जाँच गर्न भनिन्। जब श्रीमानले लटरी अफिसमा सम्पर्क गरी नम्बर मिलाइदिए, उनी पनि छक्क परिन्। सुरुमा उसले पनि पत्याएन, तर डोनाले साँच्चै लटरी जितिन्। उनी क्षणभरमै करोडपति बनेकी थिइन्।
कर कटाएपछि डोनाले करिब ६ करोड ५५ लाख रुपैयाँ पाउनेछन्। लटरीको विजेता बनेपछि डोनाले भनिन्– हाम्रो क्रिसमसको खुसी दोब्बर भयो। हामी धेरै खुसी छौं। यो भगवानको आशीर्वाद हो। डोनाले आफ्नो स्थानीय चर्चलाई केही पैसा दिने योजना बनाएकी छिन्।







डिसी नेपाल








Facebook Comment