विदेशबाट फर्केकाले मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
१५ पुष २०७९ ११:४२
232
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विदेशबाट फर्केकाले एक भन्दा बढी मोबाइल ल्याएमा १८ प्रतिशत कर तिर्नुपर्ने नियमलाई तत्काल कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएपछि विदेशबाट फर्केकाले एक भन्दा बढी मोबाइल ल्याएमा १८ प्रतिशत कर तिर्नुपर्ने भएको थियो ।

प्रधानमन्त्री दाहालले यसलाई तत्काल कार्यान्वयन नगर्न र पुरानै चलिरहेको प्रक्रियामै रहनदिन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले डिसी नेपाललाई जानकारी दिए ।

एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा नचल्ने भएको थियो ।

विदेशबाट फर्केकाले एक भन्दा बढी मोबाइल ल्याएमा दोस्रो मोबाइलका लागि भन्सार विभागलाई ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अधिवृद्धि कर गरी कुल १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने भएपछि चौतर्फी विरोध भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.