खल्तीबाट आईएमइ लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु.१००० सम्म क्यासब्याक

डिसी नेपाल
१५ पुष २०७९ १५:३६
32
Shares

काठमाडौँ। ‘खल्ती’ ले आई एम इ लाईफ इन्स्योरेन्सको प्रयोगकर्ताको लागि बीमा प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताहरुले प्रिमियम भुक्तानीमा रू. १००० सम्मको क्यासब्याक प्राप्त गर्नेछन्।

यो सुविधा मार्फत आई एम इ लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताले नेपालभरि जहाँबाट पनि सजिलै खल्ती बाट प्रिमियम भुक्तानी गर्न सक्नेछन्।

आई एम इ लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’ बाट यसरी तिर्न सकिन्छ:
१. खल्ती एप को होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्नुहोस्
२. ‘आई एम इ लाईफ इन्स्योरेन्स’ छनौट गर्नुहोस्
३. मागिएको विवरण भरि भुक्तानी गर्नुहोस्

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने,”हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानीलाई बसाल्न यस प्रकारको कुनै पनि वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न हामी निरन्तर काम गरिरहेका छौँ। यसले उनीहरूले समय र पैसा दुवै बचत गर्न सक्ने हामी विश्वास राख्दछौं।”

प्रयोगकर्ताले भुक्तानी गरेपछि रु. १००० को बोनस तुरुन्तै पाउनेछन्। तर, प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्दा मात्रै बोनस प्राप्त हुनेछ ।

यसका साथै, खल्तीले अर्को ठुलो अफर छ जस अन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२” टिभी जित्ने सम्भावना रहेकोछ। आई एम इ लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंक बाट भुक्तानी गरि यो अफरमा सहभागी जनाउन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.