प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच बालुवाटारमा भेटवार्ता

डिसी नेपाल
१६ पुष २०७९ ११:२८
328
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । शनिबार बिहान बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले प्रचण्डसँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे समेत छलफल गरेका छन् । उनीहरुबीच शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.