माया खोला हाइड्रोपावर आइपिओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?
काठमाडौँ। माया खोला हाइड्रोपावर कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। यस आइपिओमा आयोजना प्रभावित स्थानीयले आज बैंकिङ्ग कारोबार समयसम्म मात्र आवेदन दिन पाउने छन्।
वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पौष ८ गते नै आइपिओ बन्द गरिसकेको छ।
कम्पनीले मङ्सिर २३ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी गएका नेपालीका लागि आईपीओ खुल्ला गरेको थियो। कम्पनीले जारी गरेको आइपिओमध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियो।
यस आईपीओमा आयोजनाबाट अतिप्रभावित संखुवासभा जिल्लाको चैनपुर–८ र ९, धर्मादेवी ३, ४ र ५, मादी–४ र ६ का लागि बासिन्दाका लागि ६ लाख कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाको चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका अन्य क्षेत्रका स्थानीयका लागि ४ लाख कित्ता छुट्याएको छ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आइपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
स्थानीयले संखुवासभाको खाँदबारीस्थित प्राइम कमर्सियल बैंक, धर्मदेवीस्थित नेपाल एसबीआई बैंक, संखुवासभास्थित माया खोला हाइड्रोपावर कार्यालय र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइनबाट आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment