मानसिक स्वास्थ्यलाई स्वास्थ राख्न यी कुरामा ध्यान दिनुहोस्

डिसी नेपाल
१७ पुष २०७९ १०:१२
164
Shares

काठमाडौं । सन् २०२३ नयाँ हर्ष र उत्साहका साथ मनाइँदैछ । नयाँ वर्षलाई धेरैले आफ्नो हरेक कुरामा सुधारको आशा राख्ने गर्दछन् । विशेषगरी नयाँ वर्षमा स्वास्थ्य राम्रो होस् भन्ने अपेक्षा गरिन्छ । अहिले मानिसमा चिन्ता, तनाव र डिप्रेसनका घटना बढ्दै गएको अवस्थामा आत्महत्याका समाचार बारम्बार सुन्न आइरहेको अवस्थामा यी सबैलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्नुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

हामीले गर्ने सबै कुरा, हाम्रो सामाजिक र भावनात्मकरुपमा हाम्रो मानसिक स्वास्थ्यमा आधारित हुन्छ। जसरी हामी शरीरलाई स्वस्थ राख्न प्रयासरत छौँ, त्यसैगरी दिमागलाई पनि स्वस्थ राख्न आवश्यक छ । युवाहरु चिन्ता र तनावको सिकार हुने गरेको देखिन्छ तर हामीले यस तफै खासै ध्यान दिदैंनौं । दैनिक जीवनशैली र खानपानलाई सही राख्दा मानसिक स्वास्थ्य पनि कायम राख्न सकिने मानसिक स्वास्थ्य विज्ञहरू बताउँछन् ।

मानसिक स्वास्थ्यलाई स्वास्थ राख्न अपनाउनु पर्ने कुराहरु:

खानपानमा ध्यान दिने – स्वास्थ्य विज्ञहरू भन्छन्, जसरी शरीर स्वस्थ रहन पर्याप्त मात्रामा पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा चाहिन्छ। त्यसैगरी दिमाग स्वास्थ्य राख्नका लागि खानेकुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । हामीले खाने खानेकुराले हाम्रो मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। विशेषज्ञहरूका अनुसार फलफूल, तरकारी, सम्पूर्ण अन्न, र कम बोसोयुक्त खानाहरू हाम्रो आहारमा राख्न सिफारिस गर्छन्। कुखुरा, माछा, अण्डा, सिमी र बदाम पनि मानसिक स्वास्थ्य कायम राख्न मद्दत गर्दछ।

दैनिक योग–व्यायाम – हामी सबैलाई थाहा छ कि व्यायाम हाम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। शारीरिक समस्याबाट बचाउनुका साथै मानसिक स्वास्थ्यमा पनि यसको फाइदा देखिएको छ । नियमित व्यायामले तपाईलाई ताजा राख्न मद्दत गर्छ। यसबाहेकयो तनाव र चिन्ता कम गर्न मात्र प्रभावकारी हुने गर्दछ । सबै उमेरका मानिसहरूले आफ्नो दैनिक दिनचर्यामा योग–व्यायाम समावेश गर्नुपर्छ।

आफ्नो दिमाग आराम दिनुहोस् – हाम्रो शरीर जस्तै दिमागलाई पनि आराम चाहिन्छ। यसका लागि उपाय अपनाएर मानसिक स्वास्थ्यलाई राम्रो राख्न सकिन्छ । नयाँ मान्छे भेट्नु र सामाजिक सम्बन्ध बनाउनुले तपाईलाई खुशी पार्ने हर्मोनहरू रिलिज गर्छ। यसले राम्रो मानसिक स्वास्थ्य कायम राख्न मद्दत गर्न सक्छ। आरामदायी दिमागको साथ आरामदायी संगीतको आनन्द लिनुहोस्, गहिरो सास फेर्ने अभ्यास गर्नुहोस्।

धुम्रपान र मद्यपानबाट टाढा रहनुहोस्– धुम्रपान–मद्यपानले शरीरका अंगहरूमा मात्रै नभई मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ । धुम्रपानले मस्तिष्कमा हर्मोनको असन्तुलन निम्त्याउन सक्छ। एक अध्ययनका अनुसार व्यक्तिमा चिन्ता, तनाव र डिप्रेसन जस्ता विकारको जोखिम पनि बढी हुन्छ। त्यसैले मानसिक स्वास्थ्यलाई राम्रो बनाउन धुम्रपान(मद्यपानबाट टाढा रहनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.