कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार सुरु

डिसी नेपाल
१७ पुष २०७९ १०:३३
92
Shares

काठमाडौं। कुमारी बैंक र नेपाल क्रेडिट कमर्स बैंक( एनसीसी)बीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई एकीकृत कारोबार आज (पुस १७ गते)  सुरु भएको छ। दुई बैंकको मर्जपछि ‘कुमारी बैंक’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त कुमारी बैंकले एनसीसी बैंकलाई प्राप्ति गरेसँगै एनसीसी बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा कुमारी बैंकले प्राप्त गरेको छ।

दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव गत मंसिर २५ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको थियो। मर्जरपश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाण्डौ–२ टंगालमा रहनेछ।

एकीकृत कारोबार प्रयोजनार्थ नेप्सेले आज पुस १७ गतेबाट १५ दिनका लागि कुमारी र एनसीसी बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.