प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

डिसी नेपाल
१७ पुष २०७९ १३:११
120
Shares

विराटनगर। प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेका छन्।

आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन्।

यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन्।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्न उनले आह्वान गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.