१७.२६ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्बमाथिको कारोबार

डिसी नेपाल
१७ पुष २०७९ १५:१६
56
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७२ अङ्कले घटेर ३९४.०२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नबिल बैंक अग्रिम स्थानमा छ। यसको आज २२ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा दूरसंचार कम्पनी र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक २ उपसुचक घटेको छ भने बाँकी सबै उपसूचकमा हरियाली छाएको छ। आजको कारोबारमा सिर्जनसिल लघुवित्त र खप्तर्ड लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिद्धार्थ इक्ती फण्ड र नेपाल बैंक ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.