आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

डिसी नेपाल
१८ पुष २०७९ १३:२२
76
Shares

काठमाडौँ। आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  आइतबार अपराह्न ४ बजे बसेको सन्चालक समितिको १२९ औँ बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा लाग्ने कर तिर्न ०.३२ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएका छन्।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्व ७० क्रोस १६ लाख ५१ हजार ५२० रुपैयाँको ६ प्रतिशतले हुन आउने १० करोड २० लाख ९९ हजार ८५ रुपैयाँ २० पैसा बराबरको बोनस सेयर र ०.३२ प्रतिशतले हुन आउने ५३ लाख ७३ हजार ६३६ रुपैयाँ ६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने छ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भइ आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.