१७.५६ अंकले बढ्यो नेप्से परिसूचक, ४ कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट

डिसी नेपाल
१८ पुष २०७९ १५:१६
60
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १७.५६ अंकले बढेर २०६३.८३ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले घटेर ३९४.८९ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ९६ करोड ९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नबिल बैंक अग्रिम स्थानमा छ। यसको आज १६ करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र एनआईसी एशिया बैंकको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचक २ उपसुचक घटेको छ भने बाँकी सबै उपसूचकमा हरियाली छाएको छ। आजको कारोबारमा धौलागिरी लघुवित्त, सिर्जनसिल लघुवित्त, खप्तर्ड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयर भाउ १० प्रतिशतले बढेको छ।  यी कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, एनएमबि ५० र नेपाल दूरसंचार कम्पनीका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.