गायक कन्चन देवकोटाको तिमी टाढा हुदै गयौ (भिडियो)

डिसी नेपाल
१८ पुष २०७९ १५:२७
24
Shares

काठमाडौं । नेपमेलोको प्रस्तुतीमा गायक कन्चन देवकोटाको तिमी टाढा हुदै गयौ बोलको गीत र भिडियो सार्वजनिक गरिएको छ । यस गीतमा स्वर र संगीत गायक कन्चन देवकोटाकै रहेको छ ।

यस गीतको भिडियोमा भने चर्चित मोडेल सागर विश्वकर्मा, अन्जु न्यौपाने र हरि मोक्तानलाई देख्न सकिन्छ । लक्ष्मण घिमिरेको सिनेमाटोग्राफी रहेको यस भिडियोलाई चर्चित निर्देशक सुमित लामाले निर्देशन गरेका छन् ।

भिडियो सम्पादन नवीन निरौलाको रहेको छ । माया प्रेम भित्रका ससाना सेन्टिमेन्लाई दर्शक सामु पुग्ने गरी माया भित्रको अर्को संसार यस भिडियोमा देखाउन खोजिएको छ । सो भिडियो नेपमेलो युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.