मन्त्रालयका कामबारे प्रधानमन्त्रीलाई सचिवहरूको रिपोर्टिङ
प्रधानमन्त्रीले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरुसँग विभिन्न मन्त्रालयको काम कारबाहीबारे जानकारी लिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेका थिए ।
छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन लगायतको मन्त्रालयका सचिवहरूले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए । सबै सचिवहरूको रिपोर्ट सुनिसकेपछि मंगलबार प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूचि रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री भएपछि उनले पहिलो पटक विभिन्न मन्त्रालयका काम कारबाहीबारे चासो लिएका हुन्। प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।









डिसी नेपाल








Facebook Comment