एसियन हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम मौका

डिसी नेपाल
१९ पुष २०७९ ९:५८
156
Shares

काठमाडौं। एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि करी गरेको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। यस आइपिओ आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन पाउने छन्।

कम्पनीले मंसिर २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आईपिओ जारी गरेको थियो। बैदेशिक रोजगारमा रहेका नेपालीले निष्काशन गरेको ८ लाख ४० हजार कित्ता आईपिओ पुस १२ गते नै बन्द भईसकेको छ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरका ३ करोड ४० लाख रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको थियो।

निष्काशन गरेको आइपिओमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं. ११ का स्थानीय बासिन्दाका लागि १ लाख ३६ हजार कित्ता र अति प्रभावित क्षेत्रबाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबार गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर रहेको छ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने छ। यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.