एकैदिन ९ सयले महँगीयो सुन, प्रति तोला कति पुग्यो ?

डिसी नेपाल
१९ पुष २०७९ १०:५०
132
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ९ सयले बढेको प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको प्रति तोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.