मुक्तिनाथ विकास बैंकसहित पाँच कम्पनीको सेयरमा मूल्य समायोजन, कुनको मूल्य कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको सेयरमा मूल्य समायोजना भएको छ। सेयरमा मूल्य समायोजना हुनेमा मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन डिस्टिलरीको भएको छ।
मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ४ सय १९ रुपैयाँ ३८ पैसा निर्धारण गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ४ सय ७६ रुपैयाँमा भएको थियो।
साधना लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ९ सय ४ रुपैयाँ २० पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार १ हजार ७६ रुपैयाँमा भएको थियो।
मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय २१ रुपैयाँ ३८ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार १ हजार १० रुपैयाँ ३० पैसामा भएको थियो।
गुराँस लघुवित्तको ४ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय रुपैयाँ १९ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ८ सय ३२ रुपैयाँ २० पैसामा भएको थियो।
यस्तै, हिमालयन डिस्टिलरीको ६० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ २ हजार ५ सय १८ रुपैयाँ ७५ पैसा निर्धारण गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ४ हजार ३० रुपैयाँमा भएको थियो।







डिसी नेपाल







Facebook Comment