वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुलेको शुभम पावरको आइपिओ भर्ने आज अन्तिम मौका
काठमाडौँ। शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको ५८ हजार ५८ कित्ता आइपिओ भने आज अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ करोड ८० लाख ५८ हजार रुपैयाँ गरी कुल ५ करोड ८० लाख ५८ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ५८ लाख ५ हजार ८०० रुपैयाँबराबरको सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो। यसअनुसार कम्पनीले प्रति कित्ता १०० अंकित दरका कुल ५८ हजार ५८ कित्ता सेयर बिक्री खुला गरेको हो।
यस आइपिओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। यस आइपिओमा वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। यस आईपीओमा लगानीकर्ताले पुस २० गतेसम्म आवेदन दिन पाउने छन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment