‘सनराइज फोकस्ड इक्विटी फण्ड’को १२ करोड इकाइ माघ १० गतेदेखि बिक्रीमा आउँदै
काठमाडौँ। सनराइज फोकस्ड इक्विटी फण्डको १२ करोड इकाइहरु माघ १० गतेदेखि बिक्रीमा आउने भएको छ। ‘सनराइज फोकस्ड इक्विटी फन्ड’ सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुन लागेको हो।
कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाइ कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।
बन्दमुखी यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो १० वर्षे योजना हो।
यो योजनाका इकाइ खरिद गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय र तिनका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
यस योजनाको निष्कासन बन्द छिटोमा माघ १३ गते बैंकिङ समयपछि हुनेछ। त्यस अवधिमा पनि मागबमोजिम खरिद आवेदन नपरेको खण्डमा १० २४ गतेसम्म बिक्री खुला गरिने सनराइज क्यापिटलले जनाएको छ।







डिसी नेपाल







Facebook Comment