दुई कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

डिसी नेपाल
२० पुष २०७९ १०:३२
168
Shares

काठमाडौँ। दुई कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा बीपीडब्ल्यू लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीरहेका छन्।

बोर्डले मंगलबार नै यी दुई कम्पनीहरूलाई सेयर निष्काशनका लागि स्वीकृति दिएको हो। यी कम्पनीहरूले ५५ करोड ८५ लाख रुपैयाँ मूल्य बराबरका ५५ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न पाउने छन्।

बीपीडब्ल्यू लघुवित्तले ३२.३३ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ९७ लाख रुपैयाँबराबरको ९७ हजार कित्ता आइपिओ जारी गर्ने भएको हो। यो आईपीओमा बिक्री प्रबन्धकमा मेगा क्यापिटलले गर्नेछ।

यसैगरी, सगरमाथा जलविद्युतले ४९ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँबराबरको ५४ लाख ८८ हजार आइपिओ जारी गर्ने भएको हो। यो आईपीओमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.