तीन सयले महँगीयो सुन, तोलाको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ३ सयले बढेर प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment