निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

डिसी नेपाल
२० पुष २०७९ ११:५८
64
Shares

काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा लाग्ने कर तिर्न १ प्रतिशत नगद लाभांश दिने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँको १९ प्रतिशतले हुन आउने ४१ करोड ७० लाख ५४ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशले हुन आउने २ करोड १९ लाख ५० हजार २५० रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.