नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचकाे मर्जर स्वीकृत

डिसी नेपाल
२० पुष २०७९ १३:०४
200
Shares

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले एक आपसमा मर्जर हुन अन्तिम स्वीकृति दिएको छ। मर्जरपश्चात दुबै बैंकको एकीकृत कारोबार हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकको नामबाट कारोबार प्रक्रियामा जानेछ।

यता, दुवै बैंकको ७ पुसमा सम्पन्न साधारण सभाले पनि आपसमा गाभ्ने गाँभिने प्रस्ताव पारित गरिसकेको छ। यसअघिनै नेपाल राष्ट्र बैंकले पनि  इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ।

अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.