सेयर बजारमा हरियाली, ६४.७८ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
२० पुष २०७९ १५:३३
80
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ६४.७८ अंकले बढेर २१२५.८४ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले घटेर ३९४.८९ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ५० करोड ११ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज ११ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सानिमा माई हाइड्रोपावर र नेपाल दूरसंचार कम्पनीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमा हरियाली छाएको छ। आजको कारोबारमा साल्ट ट्रेडिङ्ग र हिमालयन डिस्टिलरीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, नेपाल एसबिआई बैंक ऋणपत्र र सन राइज ब्लु चिपका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.