नेप्से ६४.७८ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए मनग्य नाफा

डिसी नेपाल
२० पुष २०७९ १५:४४
196
Shares

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ६४.७८ अंकले बढेर २१२५.८४ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले घटेर ३९४.८९ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ५० करोड ११ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

आजको कारोबारमा यी कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन डिस्टिलरी, कालिका लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र खप्तर्ड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, कालिका पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत, आरएसडिसी नेपाल लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर पब्लिक र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट  ९.९८ प्रतिशतले बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.