प्रि-ओपन सेसनमा नेप्से ९.०३ अंकले बढ्यो
काठमाडौँ। प्रि-ओपन सेसनमा बिहिबार नेप्से सूचक ९.०३ अंकले बढेको छ। यससँगै सूचक २ हजार १३४.८७ विन्दुमा आएको छ।
प्रि-ओपन सेसनमा कूल ५४ कम्पनीको १३ हजार ६२६ कित्ता सेयर खरिद बिक्री हुँदा ५१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ।
यो सेसनमा कुल ४४ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६ को मूल्य घटेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment