प्रिमियर इन्स्योरेन्ससहित दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
२१ पुष २०७९ ११:४१
56
Shares

काठमाडौँ। दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी दुई कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार आज सम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।

प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७५  प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २९ गते काठमाडौँको लिसारा रिसेप्सन नक्सालमा बिहान ११ बजे हुने भएको छ।

मेरो माइक्रोफाइनान्स लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा माघ ६ गते नुवाकोटको क्राउन होटल हारती, विदुर–५, गँगटेमा बिहान ११ बजे हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.