ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले २५ पुसबाट एकीकृत कारोबार सुरु गर्ने

डिसी नेपाल
२१ पुष २०७९ १३:०९
152
Shares

काठमाडौँ। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) पुस २५ गतेबाट एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले पुस १९ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो । साथै दुवै बैंक एक भएपछि एकीकृत कारोबार भने ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट हुने भएको छ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्। मर्जरपश्चात बैंकको कुल पुँजी रु. ५७ अर्ब, चुक्तापुँजी रु. ३५.७७ अर्ब, कुल निक्षेप रु. ४०० अर्ब र कुल कर्जा रु. ३७९ अर्बभन्दा बढी पुग्नेछ।

मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ। बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य रहनेछन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.