चन्द्रागिरी हिल्ससहित दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट, कुनको मूल्य कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
बिहिबारको कारोबारमा चन्द्रागिरी हिल्स र सृजनसिल लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।
चन्द्रागिरी हिल्सको सेयर भाउ १ सय १७ रुपैयाँ ७० पैसाले बढेर १ हजार २ सय ९६ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै, सृजनसिल लघुवित्तको सेयर भाउ २ सय २१ रुपैयाँ ५० पैसाले बढेर २ हजार ४ सय ३६ रुपैयाँ ५० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment